प्रसाई पक्राउविरुद्ध आन्दोलनमा उत्रन देशभरका कार्यकर्तालाई कांग्रेस सांसद डा.शर्माको आव्हान



काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा‍‍. सुनिलकुमार शर्माले दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गर्नु घोर राज्य आतंक भएको बताउँदै यसबिरुद्ध आन्दोलनमा उत्रन देशभरका कार्यकर्तालाई आव्हान गरेका छन्।बोलेकै आधारमा पक्राउ गर्नु राज्य आतंक भएको बताउंदै सांसद शर्माले एक भिडियो सन्देशमार्फत भनेका छन्, ‘जनताको आवाज बोल्ने दुर्गा प्रसाईं जस्ता अभियन्तालाई राज्यले यसरी पक्राउ गर्नु चरम राज्य आतंक हो । यसको घोर भत्र्सना गर्नुपर्छ।’

अहिलेको राज्यसत्ता जनताको पक्षमा नभएको उनको भनाई छ । सरकार दमनमा उत्रिएको छ, जनताको आवाज दबाउन खोज्दैछ । अब सबै नेपाली जनताले डटेर यसको विरोधमा उत्रिनुपर्छ’-डा.शर्माले भनेका छन् ।

प्रसाईंलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आज भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थितको निवासमै गएर प्रहरीले पक्राउ गरेको थियो । गत बुधबार जिल्ला अदालत, काठमाडौंले प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । जसअनुसार आज उनी घरबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्