गोर्खा मिडियाका पूर्वसञ्चालक जोशी पक्राउ
काठमाडौँ।सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालक छबिलाल जोशी पक्राउ परेका छन् ।

कास्की प्रहरीको पत्रका आधारमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले जाेशीलाई शंखमूलबाट पक्राउ गरेको हाे ।पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।
संयू थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

