शेर्पा संघ जापानको केन्द्रीय महाधिवेशन अक्टोबर २० मा हुने



दावा शेर्पा,काठमाडौं।शेर्पा संघ जापानले केन्द्रीय महाधिवेशन आगामी अक्टोबर २० तारिखमा हुने भएको छ ।

टोकियोमा हुने उक्त महाधिवेशनमा सबै क्षेत्रिय प्रतिनिधिहरु कार्यसमिति जापान भरका शेर्पा त्यस्तै आदिवासीजनजाति महासंघ एनआरएन, बिभिन्न नेपाली संघ संस्थाका पदाधीकारी, शेर्पा तथा गैर शेर्पाहरुको सहभागीगिता हुने भएको छ साथै महाधिवेशनमा सबै क्षेत्रको प्रतिनिधित्व गराउदै बिधानले तोकिए बमोजिमको अधिकार र स्थानमा समिट्ने गरी गृहकार्य भइरहेको शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो ।

आफ्नो २ बर्ष कार्यकालमा धेरै समाजिक कार्यहरू गर्न सफल भएको विभिन्न गुम्बालाई आर्थिक सहयोग उपलब्ध गराएको शेर्पा समुदायको विभिन्न पर्व मध्येका एक महत्वपूर्ण फाङगी परम्परागत रुपमा शेर्पा संघ जापानले वार्षिक रुपमा मनाउदै आएको उक्त कार्यक्रममा नेपाल बाट राष्ट्रिय कलाकाररु आमन्त्रण गरि जापानमा वृहत साँस्कृतिक कार्यक्रमका साथ आयोजना गर्न सफल भएको र संघले आगामी हुने महाधिवेशनमा समाजका कार्यहरूको प्रगति बिवरण सहितको प्रतिवेदन संगै आर्थिक प्रतिवेदनलाई पनि एकरूपता रूपमा प्रस्तुत गर्ने बताउनुभएको छ ।

महाधिवेशनमा एकल जातीय संघ संस्था र जापानमा क्रियशिल अन्य संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीताका लागि पत्रचार गर्ने तयारी भइरहेको संघले जनाएको छ शेर्पा संघ जापानको प्रत्येक कार्यकाल २ बर्षको हुने र एक कार्यकाल गरी सकेको व्यक्ति पुर्ण अर्को कार्यकाल दोहोरिन नपाउने समेत संघको संशोधन बिधानमा उल्लेखक गरिएको छ महाधिवेशनको स्थान जापान टोकियो सिनओकुबो रोयल गार्डन रेस्टुरेन्टमा बिहान १२ बजे बाट बेलुका ४ बजे सम्मा हुने बताईएको छ।

शेर्पा संघ जापान, जापानको कानुन अनुसार दर्ता भएको जेठो नेपाली संस्था हो।जापानबासी नेपाली समुदायलाई आपत विपदमा आर्थिक तथा भौतिक रुपमा बिभिन्न सहयोगहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्