जमरकटेल बन्धु समाज काठमाडौँको अध्यक्षमा कुमार निर्बिरोध, विभिन्न संस्थाद्वारा ६ बुँदे काठमाडौं घोषणापत्र जारी



काठमाडौं।जमरकट्टेल बन्धु समाज काठमाडौँको भेला एवं सातौं अधिवेशनले कुमार कटेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

जमरकटेल बन्धु समाजका अध्यक्ष मोहन शर्मा कटेलको अध्यक्षतामा शनिबार काठमाडौँको मिनभवनस्थित भि. एस. इन्टरनेसनल कलेजमा सम्पन्न अधिबेशनको उद्घाटन सत्रमा अतिथिको रुपमा जमरकट्टेलको बसोबास रहेका अन्य ठाउँका संस्थागत प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यसमितिको उपाध्यक्षमा बोधराज कटेल,महासचिवमा डिल्लीराम कटेल,सचिवमा सन्तोष कटेल,कोषाध्यक्षमा प्रज्वल कटेल, सहकोषाध्यक्षमा ज्ञानु कटेल र सदस्यहरूमा क्रमश भूपेन्द्र कटेल, युवराज कटेल ,दधिराम कटेल,माधव कटेल,पार्वता कटेल निर्बाचित हुनुभएको निर्वाचनका प्रमुख आयुक्त नगेन्द्र प्रसाद शर्मा कटेलले जानकारी दिनुभयो ।

अधिबेशनको अन्त्यपछि उपस्थित विभिन्न स्थानका जमरकट्टेलसंग सम्बन्धित संस्थाका प्रतिनिधिहरुको हस्ताक्षरसहितको काठमाडौं घोषणापत्र जारी गरिएको छ।

जमरकट्टेल सेवा प्रतिष्ठान,नेपाल अध्यक्ष कमलप्रसाद जमरकट्टेल,जमरकट्टेल बन्धु समाज भक्तपुरका अध्यक्ष बाबुराम जमरकट्टेल/ जम्कटेल,जमरकट्टेल बन्धु समाज सिनामंगल, काठमाडौं अध्यक्ष कुमार जमरकट्टेल,जमकरट्टेल बंश एकता प्रतिष्ठानका उपाध्यक्ष थिर प्रसाद जमरकट्टेल,कट्टेल एकता समाज जुकोट, वाजुरा,जीवन कटेलद्वारा हस्ताक्षरित सो घोषणापत्रको पूर्ण पाठ यस्तो  छ :

प्रतिक्रिया दिनुहोस्