दिल्लीकी तेस्रो महिला मुख्यमन्त्री बनिन् आतिशी
काठमाडौं।भारतको दिल्ली प्रदेशमा आम आदमी पार्टीकी नेतृ आतिशी दिल्लीकी तेस्रो महिला मुख्यमन्त्री बनेकी छिन् ।

उनलाई शनिबार उपराज्यपाल वीके सक्सेनाले शपथग्रहण गराएका छन् । अरविन्द केजरिवालले जेलबाट छुटेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि ४३ वर्षीया आतिशी मुख्यमन्त्री बनेकी हुन् ।
आतिशीका साथै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले मन्त्री पदको शपथ लिएका छन् ।
दिल्लीमा आतिशीभन्दा अघि महिला मुख्यमन्त्री भाजपाकी सुष्मा स्वराज र कांग्रेस आईकी शिला दीक्षित बनेका थिए ।

