कांग्रेस नेता कार्कीद्वारा हजुरबुवाको स्मृतिमा १ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना



सोलुखुम्बु।वरिष्ठ समाजसेवी एबम् नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले स्वर्गीय हजुरबुवा रामबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ।

नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्यसमेत रहनुभएका कार्कीले जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं-२ स्थित श्री वी.पी संस्कृत माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको हो।

कार्कीका तर्फबाट स्थानीय समाजसेवी प्रभुराम कार्कीले सो रकम बराबरको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको प्रधानाध्यापक उमाकान्त काफ्लेले जानकारी दिनुभयो।

सो विद्यालय कार्कीका हजुरबुवा स्वर्गीय रामबहादुर कार्की र स्थानीय धोकलसिं खत्रीको पहलमा स्थापना भएको थियो।१९५८ सालमा तत्कालीन प्रधानमन्त्री श्री ३ देव शम्सेर राणाको निर्देशनमा खोलिएका १०० वटा आधारभूत पाठशालामध्ये पर्छ।

बिशुद्द रूपमा समाजसेवालाई प्राथमिकतामा राखेर आफ्नो राजनीतिक गतिविधि अगाडी बढाउँदै आउनुभएका कांग्रेस नेता कार्कीले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई बेला बेला शैक्षिक सामाग्रीका साथै झोला र विद्यालय पोशाक समेत बितरण गर्दै आउनुभएको छ।

प्रधानाध्यापक काफ्लेका अनुसा पं.भवनाथ निरौला तथा उहाँका धर्मपत्नीहरुको नाममा उहाँका छोरा पुन्यप्रसाद निरौला लगायत परिवारका सदस्यहरुले पनि विद्यालयलाई अक्षयकोषका लागि एकमुष्ट १ लाख ६५ हजार बराबरको चेक हस्तान्तरण हस्तान्तरण गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्