एभरेस्ट बैंकले गर्यो १५.५३ प्रतिशत लाभांश घोषणा

काठमाडौं।एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १० प्रतिशत रहेको छ भने करसहित नगद ५.५३ प्रतिशत लाभांश रहेको छ ।
बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
गत आवको नाफाबाट लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक पहिलो हो । अरु बैंकहरुले लाभांश घोषणा गरेका छैनन् ।

