आज हरितालिका तीज,धुमधामसंँग मनाईंदै

काठमाडौं।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्व आज धुमधामका साथ मनाइँदैछ ।
सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको बिश्वासका साथ आजको दिन व्रत बसेर परिवारको सुख, शान्ति र कल्याणको कामना गरिन्छ।

शिव–पार्वतीको विशेष पूजा आराधना व्रत गर्दा अटल सौभाग्य, सन्तान प्राप्ति,अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्त गर्ने धार्मिक मान्यता रहेको छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको भनाई छ।हरितालिका तीज पर्बको अवसरमा काठमाडौंको पशुपतिनाथ लगायत मुलुकभरका शिबालयहरुमा ब्रतालु महिलाहरुको भीड लाग्ने गर्छ।महिलाहरु आजको दिनमा नाचगान गरेर रमाइलो गर्ने गर्छन् ।
बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
हरितालिका तीजको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री केपी शर्मा ओली,सभामुख देवराज घिमिरे,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले शुभकामना दिएका छन्।हाम्रो समाजमा सौहार्द्रता र एकतालाई मजबुत तुल्याउँदै आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने यी परम्पराले समाजलाई एक साझा फुलवारीका रूपमा प्रतिविम्वित गर्ने उनीहरूको भनाई छ।
file foto

