अझै सम्पर्कमा आएनन् थुलुङ दुधकोशीबाट ६ दिन अघिदेखि बेपत्ता राई

सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाबाट एक जना बेपत्ता भएका छन् ।

गाउँपालिकाको वडा नं ७ तेरादुखोर निवासी भूपाल राई ६ दिन अघि देखि बेपत्ता रहेको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।
यही भदौ १ गते गाउँपालिका-१ नेले जान्छु भनि हिँडेका राई सोही दिनदेखि बेपत्ता भएका हुन।उनी सोही दिन सल्लेरीबाट लुक्ला जाने जीपमा चढेको प्रत्यक्षदर्शीले बताए पनि त्यसयता कोही कसैको सम्पर्कमा नरहेको पारिवारिक श्रोतलाई उदृत गर्दै प्रबक्ता कार्कीले बताए।
प्रबक्ता कार्कीका अनुसार गहुँगोरो वर्ण भएको ५ फिट ३ इन्च अग्ला राई कहिँ कतै भेटिए नजिकको प्रहरी कार्यालय वा सम्बन्धित मोबाइल नम्बरमा जानकारी दिन परिवारले आग्रह गरेको छ।
जानकारीका लागि उनकै दाइ सुर्यकुमार राईको सम्पर्क नम्बर ९८६३८४३२३१,९८२५०८७४३०,वडा सदस्य सरिता राईको ९८६२४२२३५० र वडा अध्यक्ष भोजराज कार्कीको ९८५२८५१००७ मा सम्पर्क गर्न सकिने बताईएको छ।

