कांग्रेस सोलुखुम्बुको प्रबक्ताको जिम्मेवारी चन्द्र आचार्यलाई, कुन बिभागमा को बने प्रमुख ?




सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीका विभिन्न शाखा / प्रमुखको मनोनयन गर्नुभएको छ।

सभापति शेर्पाले नेपाली कांग्रेसको नियमावली-२०७६ परिच्छेद १७ को नियम ४८ (३) बमोजिम नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्य समिति अन्तर्गतका विभिन्न शाखा/बिभाग प्रमुखहरुमा आइतबार प्रमुख मनोनयन गर्नुभएको हो।

सभापति शेर्पाले जिल्ला पार्टी प्रबक्ताको जिम्मेवारी जिल्ला कार्य समिति सदस्य चन्द्र आचार्यलाई दिनुभएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।

नेपाली कांग्रेस सोलुखुम्बुले जनाए अनुसार सभापति शेर्पाले पार्टीको कृषि तथा सहकारी बिभागमा राम बहादुर बस्नेत,युवा तथा खेलकुद बिभागमा सुर्य बहादुर राई,भातृसंस्था समन्वय बिभागमा वीर बहादुर गुरुङ्ग,संगठन बिभागमा चन्द्र आचार्य ,प्रशिक्षण बिभागमा, दावागेलु पाखिन,स्थानीय तह समन्वयमा भेषकुमार बास्तोलालाई प्रमुखको जिम्मेवारी तोक्नुभएको छ।

यसैगरी,प्रचार प्रसार प्रकाशन बिभागमा हेमराज शर्मा कट्टेल,बन तथा वातावरण,नारायणकाजी श्रेष्ठ विकास निर्माण बिभागमा इन्द्र बहादुर बस्नेत,विपद् व्यवस्थापन बिभागमा हस्त बहादुर थापा (दीप)शिक्षा बिभागमा नवाकसिं राई,कार्यक्रम तथा समन्वय बिभागमा राधिका श्रेष्ठ,अभिलेख बिभागमा बविता राई,स्वास्थ्य बिभागमा उर्मिला कुलुङ र पर्यटन बिभागमा छिरिङ सोनाम शेर्पालाई तोकिएको छ।कार्यसमितिमा मनोनयन हुन बांकी सदस्यहरु रिक्त शाखा प्रमुखहरु यथाशीघ्र मनोनयन गरिने सभापति शेर्पाले जानकारी दिनुभयो।

सभापति शेर्पाका अनुसार बिधानको व्यवस्थानुसार जिल्ला अनुशासन आयोग र नीति तथा प्रशिक्षण प्रतिस्ठान यस अघि नै गठन भइसकेको सकेको छ।नव नियुक्त शाखा तथा बिभाग प्रमुखहरुले प्राप्त जिम्मेवारीलाई संगठनको विधान र नियमावलीको परिधिमा कुशलतापूर्वक बहन गरी साथै पार्टीको विचार, सिद्धान्त एवं नीति तथा कार्यक्रमहरूलाई जिल्लाका आम नेता-कार्यकर्ता, शुभेच्छुक तथा नागरिक समक्ष पुर्याउन दृढतापूर्वक कार्यसम्पादन गर्ने बिश्वास समेत सभापति शेर्पाले ब्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्