विभिन्न कम्युनिस्ट घटकमा आवद्ध युवाले अगाडी बढाए क्रान्तिकारी पार्टी गठनको प्रक्रिया
काठमाडौं।विभिन्न कम्युनिस्ट घटकमा आवद्ध युवाहरुको संलग्नतामा संसदीय पुँजीवादी व्यवस्थाको अन्त्यका लागि भन्दै नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी)निर्माणको प्रक्रियामा अघि बढाएका छन।
औपचारिक घोषणा घोषणा आगामी असोजमा गर्ने गरी नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवी वर्गको मुक्तिका खातिर क्रान्तिकारीहरुको वृहत् वहसबाट क्रान्तिकारी पार्टी,क्रान्तिकारी सेना, र जनसत्ताको पुनर्गठन गरी क्रान्तिलाई फेरी नयाँ उचाईमा उठाउने ऐतिहासिक कार्यभार पूरा गर्नुपर्ने जिम्मेवारीसहित पार्टी निर्माणको प्रक्रिया अघि बढाइएको पार्टी प्रबक्ता योगेशद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

पटक—पटक सम्झौतामा टुंगिएको आन्दोलन र संघर्षहरुको गम्भीर समीक्षा गररी नेपाली क्रान्तिको बाँकी अधूरो र अपूरो कार्यभार पूरा गर्ने दृढ संकल्प सहित जनताको जनविद्रोहलाई नयाँ उचाईमा उठाउँदै राष्ट्रिय मुक्ति आन्दोलनको रातो झण्डा फहराउनुपर्ने आवश्यकताको महसुस गर्दै जनवादी विद्यमान दलाल पूँजीवादी विचार उत्पादन पद्धति, सँस्कृति र अर्थ प्रणालीको अन्त्य गरी विभेद रहित समानतामा आधारित सुसँस्कृत समाजको निर्माण गर्न विद्रोहको तयारी, सामन्ती अवशेषहरुको अन्त्य,निरंकुशता र अधिनायकवादको अन्त्य, संगठन भित्रको मिलेरावाद (नेपोटिजम) को अन्त्य,आत्मसमर्पणवाद, विसर्जनवाद र पलायनवाद विरुद्ध सशक्त संघर्ष संगै उत्पादन सहितको राजनीतिक कार्यक्रम पार्टीको निर्दिष्ट उद्देश्य रहेको बिज्ञप्तिमा जनाईएको छ।
२००६ सालको वैशाख १० मा कमरेड पुष्पलालको नेतृत्वमा गठित कम्युनिष्ट पार्टी आजसम्मै पटक—पटक विभाजन हुनु निकै दुर्भाग्य भएको बिज्ञप्तिमा उल्लेख छ। राजनीतिक स्थायित्व,दीगो शान्ति शुसासन र समृद्धिको नारामा नेपाली जनताले दिएको अन्तिम वहुमत पनि केपी प्रचण्ड कम्पनीले जनताको जनमतलाई अपमान गरेको आरोप लगाउँदै बिज्ञप्तिमा भनिएको छ,उत्पादन सहितको ‘जनविद्रोह’मार्फत् जनताको जनवादलाई नयाँ उचाईमा उठाउँदै पुनः क्रान्तिकारीहरुको एकता र ध्रुवीकरणसहित समाजवादी राज्य व्यवस्था स्थापना गर्नु अबको हाम्रो कार्यभार हो । यही अनुरुप पार्टीलाई वैचारिक संगठनात्मक र साँस्कृतिक रुपमा रुपान्तरण गर्दै सिंगो पार्टी पंक्ति सुव्यवस्थित,सुसज्जित,अनुशासित र गतिशिल भएर अगाडि वढ्नुपर्ने आवश्यकता छ ।’


