मोटरसाइकल चोरीमा संलग्न ओखलढुंगाका आकाश राई ट्राफिक प्रहरीको नियन्त्रणमा



काठमाडौं।मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका-जोरपाटी बस्ने ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ४ डाँडाजेरुका २२ वर्षीय आकाश राईलाई बिहीवार बौद्धबाट नियन्त्रणमा लिएको हो।उनीसँग बागमती प्रदेश-०२-०३० प ८२७३ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित जोरकुवाबाट बागमती प्रदेश ०२-०२९प ९०२१ नम्बरको मोटरसाइकल हराएको भनी कपन बस्ने सिन्धुपाल्चोकका अनिल दङ्गालले खोजतलासका लागि यही साउन १९ गते दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा राईलाई उक्त मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए। ।

नियन्त्रणमा आएका राईलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्