बाढी-पहिरो लगायतका विपद्मा परी हालसम्म १६५ जनाको मृत्यु
काठमाडौं।अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी-पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १ सय ६५ जनाको मृत्यु भएको छ।

विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना,कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५० जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यस अवधिमा १ सय ९८ जना घाइते,५१ जना वेपत्ता र ४ हजार २ सय ५९ घर परिवार विस्थापित भएका छन् ।file foto

