नेकपा एकीकृत समाजबादी सोलुखुम्बुका सचिब राई केन्द्रीय सदस्यमा मनोनीत
सोलुखुम्बु।नेकपा एकीकृत समाजबादी सोलुखुम्बुका नेता डिल्ली राई केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले राई सहित ३४४ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो।
असार १६ देखि ४ दिनसम्म काठमाडौंमा भएको महाधिवेशनले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित केन्द्रीय समितिमा ९३ जनालाई चयन गरेपनि अन्य केन्द्रीय सदस्य चयनको जिम्मेवारी केन्द्रीय समितिलाई दिएको थियो। बिधानत:२१ जना पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति व्यवस्था भए पनि आकांक्षीहरु धेरै भएका कारण केही संख्या थप गरी ३४४ जनालाई केन्द्रीय समितिमा मनोनीत गरिएको हो।
केन्द्रीय सदस्यहरुको सपथ ग्रहणपछि बैठक बसेर छिटै पदाधिकारी चयन गर्ने जानकारी सो पार्टीले जनाएको छ ।

