ओली सरकारले पायो पूर्णता,थपिए तीन राज्यमन्त्री



काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको छ।प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम तीन जनालाई राज्यमन्त्री नियुक्त गरेसंगै मन्त्रिपरिषदले पूर्णता पाएको हो।

शुक्रबार नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदद्वय पूर्णबहादुर तामाङ(कान्छाराम) र रूपा विक तथा नाउपाका प्रतिनिधि सभा सांसद अरूणकुमार चौधरीलाई राज्यमन्त्री नियुक्त गरिएको छ।

तामाङले ऊर्जा राज्यमन्त्री, विकले वन तथा वातावरण राज्यमन्त्री र चौधरीले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया दिनुहोस्