विदेशिने जशक्तिलाई देशमै रोक्न पर्यटन क्षेत्रलाई थप गतिशील बनाउनुपर्छ : मन्त्री पाण्डे
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले रोजगारीका लागि विदेशीने जशक्तिलाई देशमै रोक्न पर्यटन क्षेत्रलाई थप गतिशिल बनाउनुपर्ने बताउनुभएको छ।

नेपाली कांग्रेसको पर्यटन बिभागले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो।
पर्यटनसँग सम्बन्धित एजेण्डाहरु एकत्रित गराएर ल्याउन आग्रह गर्नुभएको छ । आज शुक्रवार नेपाली कांग्रेसको पर्यटन विभागले केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कांग्रेस सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।पर्यटन क्षेत्रको बृहत्तर विकास मन्त्रालयको प्राथमिकतामा रहेको बताउंदै कांग्रेस सहमहामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सबै पर्यटन व्यवसायीहरुसँग छलफल गर्ने योजना रहेको जानकारी समेत त्यस अवसरमा दिनुभएको थियो।
लोकतान्त्रिक पर्यटन व्यवसायी संघका हरेक एजेण्डाहरु पार्टीको पर्यटन विभाग मार्फत कार्यन्वयन गर्न सहज हुने बताउँदै उहाँले भन्नुभयो,- ‘पर्यटन व्यवसायी तथा संगठनहरुले त्यसका लागि पहल गर्नुहोला।’
अन्तरक्रिया कार्यक्रमका सभापति समेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले पर्यटन विभागले व्यवसायी र सरकारलाई जोड्ने पुलको काम गर्ने बताउनुभयो ।
आफुहरु पर्यटन क्षेत्रको उन्नत विकासलाई केन्द्रमा राखेर अघि बढेकाले सबै व्यवसायीहरुलाई गोलबन्द्ध हुन उहाँले आव्हान समेत गर्नुभयो। कार्यक्रममा लोकतान्त्रिक पर्यटन व्यवसायी संघसंस्थाहरुको उपस्थिती रहेको थियो ।


