नेपाल-भारत मैत्री संघ सोलुखुम्बुको अध्यक्षमा शेर्पा



काठमाडौं।नेपाल-भारत मैत्री संघ सोलुखुम्बुको अध्यक्षमा कर्मा शेर्पा मनोनीत भएका छन्।

संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीले नेपाली कांग्रेस सोलुखुम्बु निर्बाचन क्षेत्र ‘ख’ का सभापति समेत रहेका संघका आजीवन सदस्य शेर्पालाई
अध्यक्षमा मनोनीत गरेका हुन्।

शेर्पालाई बिधान बमोजिम ५१ सदस्यीय कार्यसमिति गठन गरी त्यसको प्रतिलिपी केन्द्रीय कार्यालय मध्य बानेश्वरमा पठाउने जिम्मेवारी प्रदान गरिएको नेपाल-भारत मैत्री संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्