एमाले उपाध्यक्षमा बराल मनोनीत, कुन नेताले के पाए जिम्मेवारी ?
काठमाडाैं।नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ ।

बिहिवार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । सुवास नेम्वाङको निधनपछि रिक्त पदमा बराललाई मनोनीत गरिएको हो ।
यस्तै एमालेले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ । कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बाग्मतीमा डा. राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट रहनुभएको छ ।
त्यस्तै एमालेले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कोमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबैको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।
निर्वाचन आयोगको सदस्यमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु),नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली) लाई मनोनीत गरिएको छ।
यसैगरी,कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर),खालित हुसेन हक (सुनसरी), हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी),अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा),धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके),जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी),सुवासचन्द्र ठकुरी (मकवानपुर) शान्तकुमार ओली (रोल्पा), विना ज्ञवाली (बर्दिया),हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौँ), सर्वध्वाज सावा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्द केशर ढकाल (रुपन्देही), लक्ष्मी प्रसाद जोशी (डडेलधुरा), रामहरी सुवेदी (काभ्रे),सरस्वती पाटी (भक्तपुर) रहेका छन् ।

