‘टेन्सन भाको छ’ गीतको लिरिकल भिडियो सार्वजनिक



काठमाडौं १५ साउन । संगीतले मानव मष्तिस्कलाई स्फूर्त बनाउँछ । संगीतका विभिन्न विधा हुन्छन् । विशेष गरी संगीतलाई पप, आधुनिक, लोक, लोकपप लगायतका विधामा विभाजन गरिएको छ । त्यस्तै, संगीत सागरको दुनियाँमा प्रवेश गरेका गायक अर्जुन पौडेलले स्वर दिनुभएको गीत ‘टेन्सन भाको छ’ को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

बिगतमा चर्चित गीतहरु आफ्ना श्रोतामाझ पस्किसकेका गायक अर्जुन पौडेललाई ‘टेन्सन भाको छ’मा लोकप्रिय गायिका मेलिना राईले स्वरमा साथ दिनु भएकी छन् भने शब्द, संगीत राजनराज शिवाकोटीको रहेको छ । मिक्सिङ, माष्टरिङ किशोर थापा र एरेञ्ज महाराज थापाको रहेको छ ।

सुन्ने भन्दा पनि हेर्ने गीतको प्रचलनलाई मध्यनजर गर्दै चाडै नै ‘टेन्सन भाको छ’को म्युजिक भिडियो निर्माण हुने बताउनु हुने गायक अर्जुन पौडेलले आफ्ना अघिल्ला सिर्जनाहरु झै यो गीत पनि श्रोताहरुले मन पराउने विश्वास लिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्