रक्षामन्त्री राईलाई एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चको सम्मान



काठमाडौं।नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चले नव नियुक्त रक्षामन्त्री मानबीर राईलाई सम्मानित गरेको छ।

नेकपा एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितको प्रमुख आतिथ्यमा शनिबार काठमाडौंमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि मन्त्री राईलाई सम्मानित गरेको हो।गएको संघीय निर्बाचनमा सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य निर्बाचित राईलाई प्रधानमन्त्री केपी ओलीले गएको असार ३१ गते रक्षामन्त्रीमा नियुक्त हुनुभएको थियो।

कार्यक्रममा सम्पर्क मञ्चको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि पण्डित,सोलुखुम्बु-काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष खड्क नारायण राई लगायतले मन्त्री राईलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारी,केन्द्रीय सम्पर्क समन्वय कमिटी सदस्य रञ्जना घिमिरे,नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य एबम् पूर्ब प्रदेशमन्त्री बुद्धि कुमार राजभण्डारी,सचिवालय सदस्यद्वय महेश किराँती,उत्तमकुमार बस्नेत,सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलालगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

मन्त्री राईलाई प्रदान गरिएको सम्मानपत्र मा लेखिएको छ –

नेफल कम्युनिष्ट पार्टी (एमाले) सोलुखुम्बु काठमाडौं सम्पर्क मञ्च

सम्मान पत्र

माननीय रक्षा मन्त्री मानवीर राई

नेपाल सरकार रक्षा मन्त्रालय सिंदरबार काठमाडौं।

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित सोलुखुम्बु जिल्ला नाप्स दुधकोशी गाउँपालिका वहा नं २ ठूलोढुंगा गाउँमा १४ में २०२८ सालमा जन्मनु भएका शालिन निस्वार्थ इमान्दार र स्वच्छ आत्माका साथ राजनीतिक यात्रामा लागी पर्नु हुने तपाई वि.सं. २०७९ को निर्वाचनमा नेकपा (एमाले) सोलुखुम्बुको तर्फबाट प्रतिनिधि सभामा सानदार मतका साथ निर्वाचित हुनुभइ हाल नेपाल सरकार रक्षा मन्त्रालयको गरिमामय पद रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएकोमा नेकपा (एमाले) सोलु सुमधुर हार्दिक बधाई ज्ञापन गर्दछ।

तपाईंले आगामी दिनहरुमा चुनौतीपूर्ण यात्राहरुलाई छिचोल्दै आम नेपाली नागरिकको हक र आधिकारसहितको समृद्ध मुलुक निर्माणका लागि अहम् शुमिका निर्वाह गर्नुहुन्छ भन्ने विश्वासका साथ तपाईको कार्यकाल सफलताको सर्दिक शुमकामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ ।

क. प्रविण कार्की
सचिब
क. खडक नारायण राई
अध्यक्ष
क. लाल बहादुर पण्डित
प्रमुख अतिथि

प्रतिक्रिया दिनुहोस्