सौर्य एयरलाइन्स दुर्घटना : पाइलटको उद्धार, १३ यात्रुको शव निकालियो
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ ।

नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो।आगो लागिरहेका कारण अन्य सात जनाको उद्दार हुन सकेको छैन।आगो निभाउने प्रयास भइ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
‘मर्मतसम्भारका लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको भएको विमान रनवे ०२ बाट टेकअफ गर्दै गर्दा रनवे २० को पुर्ब पट्टि दुर्घटनामा परेको थियो।
दुर्घटना भएको जहाजबाट पाइलट जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।शाक्यको टाउकोमा चोट रहेको बताईएको छ।
यी हुन् जहाजमा भएका १९ यात्री


