शिक्षक सेवा आयोगको परीक्षा दिन हिंडेका सोलुखुम्बुका एक शिक्षकको खोलाले बगाएर मृत्यु
सोलुखुम्बु।शिक्षक सेवाको परीक्षा दिन बिराटनगर हिंडेका एक शिक्षकको पैंया खोलाले बगाएर मृत्यु भएको छ।

मृत्यु हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेस्थित हिमालयन आधारभूत विद्यालयका शिक्षक राजु खालिङ रहेका छन्।उनको मंगलबार पैँया खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।राईको स्थायी घर छिमेकी गाउँपालिका माप्य दुधकोशी गाउँपालिका वडा नं २ राप्छा रहेको बताईएको छ।
अहिले प्रहरीले घटना स्थलमा पुगेर थप कानुनी प्रक्रिया सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुले जनाएको छ ।

