एकीकृत समाजवादीको महाधिवेशनमा समूहगत छलफलको प्रस्तुति आज



काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज,समाजवादी कार्यक्रम,विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्तावेजबारे प्रतिनिधिहरुबीच सामूहिक छलफल गरिएको हो ।

देशभरबाट आएका प्रतिनिधिको सुझावसहित बुधबार बिहान बस्ने बैठकले दस्तावेजमाथि प्रस्तुति दिने कार्यतालिका छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने छ ।

बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ ।

महाधिवेशन यही असार १६ गतेदेखि प्रज्ञाप्रतिष्ठान कमलादीमा जारी छ।

प्रतिक्रिया दिनुहोस्