ओलीले बालुवाटार पुगेर प्रचण्डलाई दिए नयाँ सरकारमा सहभागी हुन निम्तो
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

सोमबार मध्यराति नेपाली कांग्रेससँगको समझदारीबारे मंगलबार बिहान बालुवाटार पुगेर जानकारी गराउँदै ओलीले मार्गप्रशस्त गरेर सरकारमा सहभागी हुने गरी आउन आग्रह गरेको बताईएको छ।
सोमबार कांग्रेससँग सहकार्यको समझदारी बनाएका ओली मंगलबार बिहानै ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। बालुवाटारमा उनले पछिल्लो समझदारी र अब बन्ने सरकारको बारेमा प्रचण्डलाई जानकारी गराएका थिए।

