नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको रास्वपाको निष्कर्ष
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको निष्कर्ष निकाल्दै नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताउँदै बैठकपछि परियारले भने-‘देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन।’

