वाइसिएल नेता आजपा प्रवेश
सुनसरी । सुनसरीका वाईसिएल नेता आम जनता पार्टीमा प्रवेश गरेका छन् । सुनसरीका युवामाझ लोकप्रिय मानिएका विनोद कुमार चौधरी र पशुपति सरदार शुक्रबार आम जनता पार्टी प्रवेश गरेका हुन ।

लिम्बुवान किराँत प्रदेशको बैठकमा प्रमुख अतिथि आम जनता पार्टीका उपाध्यक्ष एवं लिम्बुवान किराँत प्रदेशका इन्चार्ज अरुण घिसिङले चौधरी र सरदारलाई पार्टीमा स्वागत गरेका हुन । घिसिङले चौधरी र सरदारलाई प्रवेश गराउँदै राजनीतिक भविष्यको सफलताका लागि शुभकामना दिएका छन् । पछिल्लो समय आजपामा प्रवेशको लहर नै चलेको घिसिङको भनाई छ।
उनले जनताको मुद्दा सशक्त ढंगले उठाएकै कारण पार्टीप्रतिको आकर्षण बढेको बताउदै आएका छन् । घिसिङले अहिलेको व्यवस्थाबाट मुलुकलाई निकास दिन नसकिने उनको भनाइ छ । उनले अहिले वास्तविक लोकतन्त्र नभएर भगौडा दलाल दलतन्त्रले देशलाई बर्बादी धकेलिएको टिप्पणी गरेका छन् ।
बैठकले सुनसरी जिल्लाको भेला भाद्र १४ गते, इलाम जिल्ला भेला भाद्र २२ गते तेह्रथुम जिल्ला भेला भाद्र २८ गते र धनकुटा जिल्ला भेला भाद्र २९ गते गर्ने निर्णय समेत भएको जानकारी दिएका छन् । बैठक प्रदेश अध्यक्ष जुरिलाल मोचीको अध्यक्षतामा बसेका थिए भने बैठकमा आम ट्रेड युनियन फेडेरेशनका अध्यक्ष शिव थापा,आम जनता पार्टीका केन्द्रीय सदस्य वलभद्र आचार्य, प्रदेश सचिब भानुभक्त कोइराला, प्रदेशका नेताहरु विमल गौली, रुद्र नेपाली,प्रेम थापा,गयात्री राई,ममता चौधरी लगायतका नेताहरुको उपस्थिति थियो ।

