नेचासल्यान गाउँपालिका उपाध्यक्ष राई ((PLGSP))लाई निर्देशन गर्न बनेको राष्ट्रिय समिति सदस्य मनोनीत
सोलुखुम्बु। नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा रहेको ‘राष्ट्रिय निर्देशन समिति’ (National Steering Committee – NSC) को सदस्यमा मनोनीत भएकी छन्।

राईलाई असार १० गतेको मन्त्री स्तरीय निर्णयबाट प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) लाई निर्देशन गर्न बनेको सो समितिको सदस्यमा मनोनयन गरिएको कार्यक्रम समन्वय इकाईका राष्ट्रिय कार्यक्रम प्रबन्धक गोकर्ण प्रसाद उपाध्यायले जनाएका छन्।
प्रदेश तथा स्थानीय शासन प्रणाली एवं अन्तरसरकारी सम्बन्ध सुदृढ गरी सहकारी सङ्घीयताका लाभहरू अभिवृद्धि गराउने तथा प्रादेशिक तथा स्थानीय तहको क्षमता अभिवृद्धि गरी सेवा प्रवाह र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आर्थिक वर्ष २०७६/०७७ देखि समिति सञ्चालनमा आएको बताईएको छ।

