तामाङ फाउण्डेशन नेपालका अध्यक्ष घिसिङद्वारा विद्यार्थीलाई झोला वितरण



काभ्रेपलाञ्चोक । तामाङ फाउण्डेशन नेपालले जिल्लाभित्रको पनौती न.पा.-९, ओम डाडा स्थित श्री कमलादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला बितरण गरेको छ।

‘कला,संस्कृति, भाषा, लिपि,साहित्य, धर्म, भेषभुषा हाम्रो पहिचान,तामाङ एकताको साझा मुद्दा  तामाङ फाउण्डेसन नेपालको अभियान’ भन्ने मुल नारासहित ७ वर्ष अघि तामाङ समुदायको साझा संस्थाको रूपमा स्थापित सो संस्थाले आज मंगलबार श्री कमलादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको हो।

झोला वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङ फाउण्डेशन नेपालका केन्द्रीय अध्यक्ष एवं आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष चलचित्र निर्माता/निर्देशक अरुण घिसिङले लामो समयदेखि उत्पीडनमा परेका समुदायका ब्यक्तिलाई नीति निर्माण तहमा पुर्‍याउनु आवश्यक रहेको बताएका छन्।

वास्तविक लोकतन्त्र प्राप्तिका लागि अझै सशक्त आन्दोलनको आवश्यकता औंल्याउनुभयो।आफुलाई लोकतान्त्रिक दावी गर्ने दलहरुको भ्रष्ट र बिकास बिरोधि हर्कतले मुलुक जर्जर अवस्थामा पुगेको बताउंदै उनले कथित लोकतन्त्रबादीहरुले भ्रष्टाचार गरेर थुपारेको धन कब्जा गर्नुको विकल्प नरहेको वहाँको भनाई थियो।
आफ्नो पार्टी आम जनता पार्टी निकट आम विद्यार्थी मोर्चाको जारी शैक्षिक आन्दोलनले शिक्षामा भएको विभेद र विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी किनारा लगाउने दावी गरेका छन् ।

केही समय अघि मात्र भन्सार नियमावलीमा भएको ४५% लुटकारी प्राबधान हाटाउन ८ महिना लगातार आन्दोलन गरेको आम जनता पार्टी निकट आम सम्पर्क मञ्चले सरकार सङ्ग ६ बुंदे सहमति गरेर टुंगोमा पुर्‍याएको जानकारी दिंदै उनले भने,’आम जनता पार्टीको सहायक संगठन आईटी आर्मीले असार २ गते बाट निरन्तर वैदेशिक रोजगार विभाग घेराउले वैदेशिक रोजगारमा भएको ठगीलाई नियन्त्रण गर्न सफल हुने बिश्वास छ।’

झोला वितरण कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य नेपाली काङ्ग्रेसका वागमती प्रदेश सदस्य तथा समय दृष्टि साप्ताहिकका कार्यकारी सम्पादक इन्दिरा वाईबा,साहित्यकार एवं आम जनता पार्टीका स्थायी समिति सदस्य,आईटी आर्मीका उपाध्यक्ष योगेश राल्फाली,आम जनता पार्टीका केन्द्रीय सदस्य वलभद्र आचार्य , आम तामाङ मुक्ति मोर्चामा संयोजक विकेस तामाङ, खानीखोला-७, स्थित श्री रक्त आधारभूत विद्यालयका प्रधानाध्यापक रत्न बहादुर घिसिङ, आम जनता पार्टीका महिला नेतृ जेनिशा लामा,आम जनता पार्टीका युवा नेता तिलक लामा,बोन गुरुहरु कामन तामाङ,भुवन तामाङ,जेनिशा तामाङ लगायतको सहभागीता थियो ।

कार्यक्रमको सभापतित्व श्री कमलादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक राजु ठकुरीले र सञ्चालन श्री कमलादेवी विद्यालयका शिक्षक कुमार राउतले गरेका थिए।विद्यालयका शिक्षक गङगा सापकोटाले स्वागत एवं धन्यवाद मन्तव्य व्यक्त गरेको सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्