नेचासल्यानले ल्यायो ४७ करोड बढीको बजेट,कृषि,शिक्षा र पर्यटन प्राथमिकतामा
सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँपालिकाले कृषि,शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर ४७ करोड बढीको बजेट ल्याएको छ ।

सोमबार बसेको १५ औं गाउँसभामा प्रस्तुत गरिएको सो बजेटमा चालु खर्चतर्फ १० करोड, वित्तीय समानीकरणतर्फ ११ करोड ४१ लाख, राजश्व बाँडफाँड ६ करोड, र संघीय अनुदान समपूरक १ करोड विनियोजन गरिएको गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो।उता, २६ करोड शशर्त अनुदान रहेको छ ।
यस्तै प्रदेशतर्फको ससर्त अनुदान ४१ लाख ७० हजार, प्रदेसतर्फ वित्तिय समानीकरण ७१ लाख ७० हजार, प्रदेश राजश्व बाँडफाँड २० लाख ५१ हजार र समपूरक १ करोड रहेको छ ।आन्तरिक स्रोत अनुमानित ६७ लाख ८० हजार र चालु आर्थिक वर्षबाट संचित कोषमा जाने ५ लाख रहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए।
अध्यक्ष राईका अनुसार बालिका बचत खाता,ज्येष्ठ नागरिक तीर्थयात्रा जस्ता कार्यक्रमलाई निरन्तरता दिंदै गाउँपालिकाले दलित,अल्पसंख्यक लगायत बिपन्न वडाका ५० जना सम्म नागरिकलाई गाउँपालिकाको साझेदारीमा स्वास्थ्य बिमा,महिला आत्मनिर्भरताका लागि बित्तीय संस्था खडा गर्ने लगायतका नीति गाउँपालिकाले लिएको छ।
यसैगरी,गाउँपालिका भित्रका ६ वटै माध्यमिक विद्यालयमा महिनाको एक पटक नियमित स्वास्थ्य परीक्षण,उत्कृष्ट हुने ३ वटा विद्यालय र ५ जना शिक्षकलाई बार्षिक रूपमा सम्मान तथा पुरस्कार वितरण र सबै प्रकारका कृषि उत्पादनलाई बढावा दिन कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा समेटिएको अध्यक्ष राईको भनाई छ।file foto

