निलम्बित मुख्यसचिब अर्याललाई राष्ट्रिय योजना आयोगमा ‘बिशेष पद’
काठमाडौं।सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव अर्याललाई सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको हो।
राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उनको सरुवा भएपछि अब मुख्य सचिब नियुक्तिका लागि बाटो खुलेको छ।उनका लागि सिर्जना गरिएको राष्ट्रिय योजना आयोगको सो बिशेष पद उनको पदावधि समाप्त भएसंगै खारेज हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन।

