पत्रकार महासंघको निर्बाचन घोषणा : १३ गते उम्मेदवारी दर्ता, मतदान २२ गते
काठमाडौं।नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

आगामी असार २२ गते मतदान गर्नेगरी महासंघले महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पूर्व निर्धारित मिति गएको जेठ २६ गते महासंघले निर्वाचन गर्न सकेको थिएन।
महासंघ केन्द्रीय निर्वाचन समितिले शुक्रबार राति निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ।
उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने महासंघले जनाएको छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ।

