कर्मचारी आन्दोलनले स्थगित भयो प्रतिनिधिसभा बैठक
काठमाडौँ।सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।आन्दोलनरत कर्मचारीले ‘ब्ल्याक आउट’गरेपछि बुधबार प्रतिनिधि सभा बैठक बिहीबार बिहानसम्मका लागि स्थगित भएको हो।

अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएकोलगायत ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका संसद् सचिवालयका कर्मचारीहरुले बुधबार बैठक बसिरहेको समयमा प्रत्यक्ष प्रसारणमा सांसदहरुलाई नदेखाएर सभामुख देवराज घिमिरेलाई मात्र देखाएका थिए।सांसदहरुले उक्त कार्यको विरोध गरेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।

