ट्रकको क्याबिनबाट २ सय ७० किलोग्राम गाँजा बरामद,चालक पक्राउ



बारा।जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा २ सय ७० किलोग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत रामगढवा ग्राम धनारदिउली बस्ने १९ वर्षीय अन्तोस कुमार गिरी छन्।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको एनएल ०१ एन ३०६३ नम्बरको ट्रकलाई जाँच गर्दा ट्रकको क्याबिनमा बनाएको फल्स बट्मभित्र २७ वटा प्याकेटमा लुकाई छिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्