ईनारमा खसेर दुई जनाको मृत्यु
सुर्खेत।वीरेन्द्रनगर नगरपालिका-११ पिपिरास्थित तोरण विकको घरमा रहेको ईनारमा खसेर सोही ठाउँ बस्ने वर्षीय बिद्या प्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेलको सोमबार दिउँसो मृत्यु भएको छ ।

ईनार सफा गर्ने क्रममा खसेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतब खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाएकोमा उनीहरू उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

