सिकेको सीपलाई व्यबहारमा उतार्न थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राईको आग्रह
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लीमा सञ्चालित दुई दिने अपाङ्गता भएका व्यक्तिहरुको संस्थाको क्षमता अभिवृद्धि तालिम र एकल महिलाहरुका लागि उद्यमशिलता विकास (बाख्रा र बङ्गुर पालन)तालिम सम्पन्न भएको छ।

सोमबार तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले तालिममा सिकेको सीपलाई व्यबहारमा उतार्न सके यसले आयआर्जनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।रैथाने सीपलाई प्रबर्द्धन गर्ने नीति गाउँपालिकाको रहेको जानकारी दिंदै अध्यक्ष राईले प्राप्त सहयोगबाट हुने फाइदा तथा जीवन यापनमा आउने सहजता प्रष्ट भएमा बिउपुँजी उपलब्ध गराउन आफू तयार रहेको बताउंनुभयो ।
समाजमा पिछडिएका नागरिकको अधिकार सुनिश्चित गर्नको लागि स्थानीय सरकार संबेदनसिल भएर काम गरिरहेको भन्दै उपाध्यक्ष सविता राईले आफुले सिकेको ज्ञानसिपलाई अरु माझ पुर्याउन आग्रह गर्नुभयो।
एकल महिलाको लागि आयोजित कार्यक्रम अति उपयोगी रहेको भन्दै सहभागी चन्द्र गुरुङले सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्दै आयआर्जनमा वृद्धि गरि आत्मानिर्भर बन्ने बताउनुभयो ।


