अवैध सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं।अवैध सुन र नगद ४८ लाख रूपैयाँसहित आइतबार प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली चारघरे डेरा गरी बस्ने चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो भन्ने सोनाम गुरूङ छन्।उनलाई 999.9 Gold 1 Kg लेखिएको अवैध सुन ६ थान र नगद ४८ लाख रूपैयाँसहित आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२०८० साउन २ गते बरामद भएको ६० केजी अवैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री वापत अवैध सुनको भुक्तानी USDT बाट दिने मानिसहरूको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले अवैध सुन र USDT को कारोवारमा संलग्न उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।

