ललितपुरमा दोश्रो ‘खशी कप’ एट बल पुल प्रतियोगिता सम्पन्न
काठमाडौं।पावर एट्टी वनको आयोजनामा दोश्रो ‘खशी कप’ एट बल पुल प्रतियोगिता ललितपुरमा सम्मपन्न भएको छ । संस्थाका अध्यक्ष मोदनाथ सिँखडाले आयोजना भएको सो प्रतियोगितामा फुरी शेर्पाले जित हात पारेका छन ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जजनले उद्घाटन गरेको सो प्रतियोगितामा करिब सय जना भन्दा बढी स्थानीय खेला हरुले भाग लिएका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले यस प्रकारका खेलले युवाहरुलाई थप खेल प्रति आकर्षित हुन ठूलो मद्दत मिल्ने बताए ।साथै उनले ललितपुर महानगरपालिकाले यस पावर एट्टी वनले आयोजना गर्ने यस प्रकारका कार्यक्रमहरुलाई आगामीदिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
त्यसै गरी प्रतियोगिता आयोजना गर्दै आएका मोदनाथ सिँखडाले यस प्रतियोगिताले पुल खेल तथा खेलाडीलाई अगाडि बढन थप मद्दत गर्ने भएकाले आफुले हरेक महिना यो प्रतियोगिता गर्ने बताएका छन । उनले भने,अरुले प्रतियोगितामा नगद दिनुहुन्छ तर मैले कृषि क्षेत्रलाई अगाडी बढाउन विजेतालाई खसी पुरस्कार दिने गरेको छु।साथै यस प्रतियोगिताबाट सामाजिक कार्यको लागि समेत सहयोग गर्दै आएको छु । विजेता फुरी शेर्पाले नेपालमै दोश्रा पटक एट बल पुल प्रतियोगिता खशी जितेकोमा आफु निकै खुशी भएको बताए ।

