बोलेरो जिप दुर्घटना हुँदा पाल्पामा तीन जनाको मृत्यु



काठमाडौं । पाल्पाको

काठमाडौ।बोलेरो जीप दुर्घटना हुंदा पाल्पामा तीन जनाको मृत्यु भएको छ।
जिल्लाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कँदै गरेको बोलेरो जिप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु र दुईजना घाइते भएको प्रहरीले जनाएको छ।

लु २ च ८५३१ नम्बरको जिप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुईजना घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितका अनुसार सो घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा–३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको हो ।घटनामा बुटवल–९ मिलनचोकका ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल–११ का ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्