रत्नराज्य माबि मध्यबानेश्वर विद्यार्थीको रोजाईमा



काठमाडौ।सामुदायिक विद्यालयमध्ये अब्बल मानिंदै आएको काठमाडौंको मध्यबानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयले आईसीटी ल्याब बिस्तार गर्ने भएको छ।

गत बर्षबाट कक्षा ११ मा बिज्ञान बिषयमा अध्यापन सुरु गरेको सो विद्यालयले पुष्तकसंगै प्रबिधिमैत्री शिक्षा आर्जन गर्न सकुन् भन्ने उद्देश्यले आसीटी ल्याब बिस्तार गर्न लागेको हो।कक्षा ११ र १२ मा शिक्षा,मानविकी,बाणिज्य र कम्प्युटर बिज्ञान समूहमा यस अघि नै कक्षा सञ्चालन गर्दै आएको सो विद्यालयमा बिज्ञान समूह पनि थप भएपछि सबै विद्यार्थीको पहुँचमा प्रबिधिमैत्री शिक्षा पुर्‍याउन सकियोस् भनेर ल्याब बिस्तार गर्न लागिएको प्रधानाध्यापक रामआशिष यादवको भनाई छ।

नीजी विद्यालयको महंगो शुल्कका कारण क्षमता भएर पनि आर्थिक अभावका कारण बिज्ञान बिषय पढ्नबाट विद्यार्थीले बञ्चित हुन् नपरोस् भन्ने उद्देश्यले कक्षा ११ र १२ मा बिज्ञान बिषय थप गरिएको प्रधानाध्यापक यादवले बताए।बिज्ञान बिषय पढाउन निजी विद्यालयले झण्डै तीन लाख रुपैयाँ लिने गरेका छन्,प्रधानाध्यापक यादवले भने-‘हामीले त्यसको १० प्रतिशत अर्थात ३० हजारको हाराहारीमा पढाई रहेका छौं।’त्यो पनि अन्य विद्यालयबाट प्राध्यापन गर्न आउने आंशिक शिक्षकहरुलाई दिनका लागि हो।उनले भने, रत्नराज्यमा बिज्ञान बिषयमा उपत्यकाका नाम चलेका सेन्ट जेभियर्स,सेन्ट मेरिज,डनबस्को,एसओएस,केएमसी जस्ता निजी कलेजका शिक्षकहरुले आंशिक रूपमा अध्यापन गराउंँछन्।’

काठमाडौं महानगर प्रमुखका रूपमा बालेन्द्र साह निर्बाचित भएयता तय गरिएको ‘महानगरको इच्छा,गरिखाने शिक्षा’ भन्ने नाराका कारण पनि पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढ्न थालेको प्रधानाध्यापक यादवले बताए।’विभिन्न सीपमूलक तालिम सञ्चालन हुन थालेका छन्,गुणस्तरीय शिक्षालाई महानगरले प्राथमिकतामा राखेर कडाईका साथ नीति तथा कार्यक्रम लागू गरेको छ,यसले पनि सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको छ’-यादवले भने।रत्नराज्य माबिमा बुढानिलकण्ठ र सेण्टमेरिजमा अध्ययनरत विद्यार्थीहरु पनि आउन थालेको दावी उनको छ।

रत्नराज्यमा हाल २५ सय बढी विद्यार्थी अध्ययनरत छन्।त्यसमध्ये पनि २६५ बढी त कक्षा १० मै अध्ययन गरिरहेका छन्। यो चापका कारण कक्षा शिक्षकहरुलाई समेत विद्यार्थीहरुको गतिविधि नियाल्न कहिलेकाहीँ गार्‍हो हुने गरेको छ।यस्तो अवस्थामा अफिसमै बसेर सीसीटीभी मार्फत बाल शिक्षा,कक्षा ८,९ र १० का शिक्षक र विद्यार्थीहरुको गतिविधिलाई प्रधानाध्यापक यादवले नियाल्ने गरेका छन् ।

कक्षा-कोठा र अफिस,खेलमैदानदेखि विद्यालय क्यान्टीनमा समेत गरी विद्यालयले २६ वटा सीसी क्यामरा जडान गरेको छ।लुकीछिपि कुनै अबाञ्छित गतिविधिमा विद्यार्थीहरु संलग्न भएर पढाईमा असर नपरोस् भन्ने उद्देश्यले विद्यालय प्रशासनले यो तरिका अपनाएको यादवले बताए।’जसरी हुन्छ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ,यसका लागि सकेको हामीले गरिरहेका छौं, प्रधानाध्यापक यादवले भने-‘यो विद्यार्थी भर्ना गरिदिनु पर्‍यो भनेर मन्त्रीदेखि सचिबसम्मको फोन आउँछ,त्यो सम्झंदा हामी उद्देश्य प्राप्तिमा सफल छौं जस्तो लाग्छ।’

प्रतिक्रिया दिनुहोस्