स्वास्थ्यकर्मीले नै गरे १४ बर्षीय बालिका बलात्कार
पाल्पा । बालिका बलात्कार गरेको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-५ कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैया रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।
उनले गत शनिबार दिउँसो १४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। पचभैया तानसेन नगरपालिका-१४ स्थित अर्गली स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत छन्।
गत आइतबार पीडितले दिएको जाहेरीका आधारमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको श्रेष्ठले बताए। जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उता,१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरमा पनि एक युवा पक्राउ परेका छन्।पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका-९बस्ने २५ वर्षीय रिठे भन्ने विशाल मगर रहेको प्रहरीले जनाएको छ।
मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ परेको पक्राउ गरेको हो ।विशाल उपर ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।(सांकेतिक तस्बिर)

