नुहाउने क्रममा सुनकोसीमा डुबेर सिन्धुलीमा एक महिलाको मृत्यु



सिन्धुली।सुनकोसी नदीमा नुहाउने क्रममा खोलामा डुबेर सोमबार एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुली गोलोन्जोर गाँउपालिका वडा नं.६ मेवाबोटे निवासी ३० बर्षीय चन्द्रकला हायु रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।उनी सोही गाउँपालिकाको हैबार बेसी कटहरेस्थित गोपाल श्रेष्ठको घरमा डेरा गरी बस्दै आएकी थिइन।

अन्य आफन्त सहित डेरा नजिक सुनकोशी नदिमा नुहाउन गएकोमा ढुङ्गामा चिप्लिएर लडी उनी बेपत्ता भएकी थिइन । नदिमा डुबि बेपता भएको भन्ने खबर स्थानीयबाट प्राप्त भएपछि खोजतलास गर्दा उनी नदीको बीच भागमा मृत फेला परेको अस्थायी प्रहरी पोष्ट हैबारबेसी सिन्धुलीले जनाएको छ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिन्धुलीमा यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्