आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ



भोजपुर।आफ्नै आमाक्को हत्या अभियोगमा भोजपुरमा प्रहरीलेले छोरालाई पक्राउ गरेको छ।

अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बी बस्ने ६८ वर्षीया निर कुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा उनकै छोरा ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्