प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सम्पन्न
काठमाडौं।नेपाल सोतोकान कराते एसकेडियुएन डो संघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सम्पन्न भएको छ।गोकर्णश्वर बैंकेटमा जेठ १९ र २० गते भएको उक्त प्रतियोगितामा देश तथा बिदेशका गरि ५ सय बढी खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ।

कांग्रेस महामन्त्री गगन थापा र स्थानीय नगर प्रमखु दिपक रिजालले उद्घाटन गर्नुभएको सो प्रतियोगितामा नेपाल च्याम्पियनसीप र भारत दोश्रो भएको छ।सोतोकान कराते एकेडियुएनका प्रमुख प्रशिक्षक र्दिजेमान तामाङ्ग र नगरपालिका खेलकुद प्रमखु संजय लामाले स्वर्ण पदक बिजेता खेलाडी तथा रेफ्री प्रशिक्षक तथा बिभिन्न देशबाट आउनु भएका खेलाडी हरुलाइ ट्रफि,मेडल,सम्मान पत्र र मायाको चिनो वितरण गर्नुभएको थियो।
संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक दिर्जेमान तामाङ्गले उक्त प्रतियोगिता समापन गर्नु भएको थियो।

