गोठधुपसंगै बास्तोला सेवा समाजको प्रथम साधारणसभा सम्पन्न
सोलुखुम्बु।बाँस्तोला सेवा समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ।

काठमाडौंको कांडाघारीमा बिहिवार आयोजित गोठ धुप तथा कुल पुजासंगै सम्पन्न समाजको प्रथम साधारणसभाले इन्द्र कुमार शर्मा बाँस्तोलालाई पुनः अध्यक्षमा चयन गरेको छ।
समाजको उपाध्यक्षमा कुलप्रसाद बास्तोला, सचिवमा दिनराज बास्तोला,कोषाध्यक्षमा कल्पना बास्तोला चयन भएका छन । यस्तै सदस्यहरूमा नन्दराज बास्तोला,इन्द्रकुमार बाँस्तोला,कुन्ती कुमारी फुयल बाँस्तोला,चन्दा कुमारी केसी बाँस्तोला र देवीका ढकाल बाँस्तोला चयन भएको सचिब बास्तोलाले जानकारी दिए।

