संसद बैठक आइतबारसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेको सचिवालयले यस्तो जानकारी दिएको हो ।धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो। तर, दलहरुबीच सहमति नजुट्दा बैठक बस्न सकेन।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ। तर, सहकारी प्रकरणमा समिति गठन हुने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलको लागि आज बालुवाटार बोलाएका छन्। त्यसअघि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्