प्रतिपक्षी दललाई तत्काल सहमतिमा ल्याउन सभामुख घिमिरेको आग्रह



काठमाडौ।सभामुख देवराज घिमिरेले प्रतिपक्षी दललाई तत्काल सहमतिमा ल्याउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसंग बुधबार बिहान भएको भेटवार्तामा सभामुख घिमिरेले सो आग्रह गर्नुभएको हो।वहाँहरुबीच झन्डै बिहान करिव ४५ मिनेट छलफल भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक संसद अवरोध र राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा केन्द्रित थियो ।

सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेकाबेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताउनुभयो । संसद सुचारी भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्