नेचासल्यानका बास्तोलालाई अमेरिकामा विद्यावारिधिको उपाधि



काठमाडौं।सोलुखुम्बुको नेचासल्यान-४ का थोमस बास्तोलाले संयुक्त राज्य अमेरिकाको साउदर्न इलिनोइ युनिभर्सिटीबाट अर्थशास्त्रमा (पीएचडी) विद्यावारिधि उपाधि प्राप्त गरेका छन्।

विश्ववद्यालयको पूर्ण छात्रवृत्तिमा अध्ययन गरेका बांस्तोलाले विद्यावारिधीका लागि ‘Remittance in Nepal, Landlockedness and International Trade’ बिषयमा शोध गरेका थिए। सन् २०१६ देखि अमेरिकामा अध्ययन सुरु गरेका उनले २०१८ मा युनिभर्सिटी अफ लुइभिलबाट सेकेन्ड ब्याचलर इन इकोनोमिक्स र २०२० मा इस्टर्न इलिनोइ युनिभर्सिटीबाट मास्टर इन इकोनोमिक्स गरेका छन्।

अमेरिका जानुअघि बांँस्तोला अध्ययनसंगै साहित्य सिर्जना र विद्यार्थी राजनीतिमा उत्तिकै सक्रिय थिए।उनी २०७० देखि ७२ सालसम्म नेकपा एमाले निकटको अनेरास्ववियुको केन्द्रीय कमिटीका उपाध्यक्ष हुन्।उनले त्रिभुवन बिश्वविद्यालयबाट नेपाली र अर्थशास्त्रमा स्नातक र नेपाली साहित्यमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका छन्।बास्तोलाले साविकको नेचा बतासेमा रहेको हिमाल दर्शन माबिबाट ०५१ सालमा प्रथम श्रेणीमा प्रबेशिका उत्तीर्ण गरेका थिए।

नेपाली भाषाबिद्को रूपमा समेत काम गरिसकेका बास्तोलाले नेपालमै छँदै चारवटा पुस्तक प्रकाशित गरेका थिए।अध्ययनका क्रममा केहि बर्ष अमेरिकामै रहे पनि अब केही समयपछि नेपाल फर्किएर आफ्नो बिज्ञतालाई समाज बिकास र रुपान्तरणमा प्रयोग गर्ने आफ्नो चाहना रहेको उनलेे बताए।

प्रतिक्रिया दिनुहोस्