पञ्चनका आगलागी पीडितलाई ‘श्रीमान थुलुङ राई स्मृति अक्षय कोष’ को ५२ हजार सहयोग
सोलुखुम्बु।’श्रीमान थुलुङ राई स्मृति अक्षय कोष’ले थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चनका आगलागी पीडितका लागि ५२ हजार ५२ नगद सहयोग गरेको छ।

साविक नेचा वेतघारी-६(नेचासल्यान गाउँपालिका वडा नं-४) स्थायी ठेगाना भई हाल पोखरा नगरपालिका-१२,कास्की निवासी स्वर्गीय गायक तथा संगीतकार श्रीमान थुलुङ राईको स्मृतिमा स्थापित सो कोषमार्फत उहाँकी श्रीमती विमला राई तथा छोरीहरू गुनिता राई,सुनिता राई,सिर्जना राई,संगिता राई र स्मृति राईले वडासदस्य टिकाध्वज राईको संयोजकत्वमा सञ्चालित पञ्चन अग्निपिडित सहयोग संकलन अभियानमार्फत सो सहयोग उपलब्ध गराएको पञ्चन अग्निपिडित सहयोग संकलन समितिका सदस्य बिष्णु ढुंगेलले जानकारी दिए।
थुलुङ दुधकोशी-३ पञ्चन,विदेशीटार घर भइ पोखरा बस्दै आएका डिकबहादुर राईले समन्वयमा सो सहयोग संकलन भएको जानकारी दिंदै वडाध्ययक्ष इन्द्रमणी दाहालले केही दिनमा कार्यक्रमको आयोजना गरी रकम वितरण गरिने बताए।
गत बैशाख १९ गते जंगलमा फैलिएको डढेलो बस्तीमा प्रवेश गरेपछि झण्डै एक दर्जन स्थानीय प्रभावित बनेका थिए।

