आगामी बर्षभित्र विद्युत् जडित क्षमता ४५ सय मेगावाट पुर्‍याईने



काठमाडौँ।सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत् जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । मगंलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्षभित्र कुल विद्युत् जडित क्षमता ४५ सय मेगावाट पुर्‍याइने बताएका हुन् ।

सरकारले आगामी १२ वर्षभित्र २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । साथै भारतलाई १० हजार मेगावाट र बंगलादेशलाई ५ हजार मेगावाट बिजुली निर्यात गर्ने र १३ हजार ५ सय मेगावाट देशमै खपत गर्ने जनाएको छ । मुलुकमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

उनले प्रति व्यक्ति ऊर्जा खपत ४५० किलवोटा घण्टा पुर्‍याइने बताए । ‘सौर्य ऊर्जाको समेत विद्युत् खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याइनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्