आजबाट कांग्रेस महासमिति बैठकको बन्दसत्र ,चारवटा प्रतिबेदन पेश गरिंदै



काठमाडौं।ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सोमबार दिउँसो उद्घाटन सत्रपछि रोकिएको महासमिति बैठकको बन्दसत्र आज बिहान ९ बजे सुरु हुने भएको छ।

बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ।त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदनमाथि विभिन्न समूहमा रहेर पार्टीका प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ।

सांगठनिक प्रतिवेदनमा विवाद भएपछि नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र हिजो सुरु हुन नसकेको हो।
चुनावी गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको सांगठनिक प्रतिवदेनमा असहमति जनाउँदै सभापति शेरबहादुर देउवाले बन्दसत्रको तालिका सारेर पदाधिकारीसँग छलफल गरेका थिए।

महासमिति बैठकको उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय परिस्थितिमा भरपर्ने बताएका थिए। अहिलेको गठबन्धनको औचित्यबारे टिप्पणी गर्ने बेला नभएको देउवाको दाबी छ। उनले शासकीय स्वरुपबाहेक अरु विषयमा संविधान संशोधनका लागि छलफल गर्न सकिने पनि बताए।

अन्तत नेपाली देउवा महामन्त्री गगन थापाको प्रस्तावमा सहमत भएका छन्। अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्ने थापाको प्रस्तावमा सभापति देउवा सहमत भएको जनाइएको छ।महासमिति बैठक उद्घाटनपछि मध्यरातसम्मै देउवाको बूढानीलकण्ठस्थित निवासमा ६-७ घण्टा लामो छलफल भएको थियो।

१० गतेसम्म चल्ने बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्